काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेस क्षेत्रबाट एक योग्य, प्रतिबद्ध र राष्ट्रप्रति उत्तरदायी महिला नेतृत्वको पार्टी प्रवेश भएको जनाएको छ। पार्टीका अनुसार उक्त सहभागिताले समावेशी नेतृत्व, उत्तरदायी राजनीति र समान अवसरप्रतिको आफूहरूको प्रतिबद्धता थप सबल बनेको छ।
रास्वपाले जारी गरेको स्वागत सन्देशमा मधेसको पहिचान, श्रम, संस्कार र योगदानप्रति सम्मान व्यक्त गर्दै नयाँ नेतृत्वको आगमनले पार्टीभित्र विविधता र प्रतिनिधित्वलाई बल पुर्याउने विश्वास व्यक्त गरिएको छ।
पार्टीका अनुसार देश र समाज परिवर्तनको यात्रामा नयाँ सदस्यको अनुभव, संवेदनशीलता र दृष्टिकोण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
रास्वपाले प्रवेशप्रति धन्यवाद व्यक्त गर्दै आगामी राजनीतिक यात्रामा सफलताको शुभकामनासमेत दिएको छ।

