


काठमाडौं, जेष्ठ १

नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघले आफ्ना जिल्ला तथा प्रदेश संघ हरुको गठन तथा पुनर्गठन प्रक्रियालाई तिब्रताका साथ् गठन गरिरहेको छ। यसै क्रममा दोलखा जिल्ला स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघ गठन गरियको छ। दोलखा जिल्ला स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघ ७ सदस्सिय कार्यसमितिमा अध्यक्ष नबराज खड्का, सचिबमा ईश्वर दाहाल, कोषाध्यक्ष्यमा राजेन्द्र काफ्ले तथा सदस्यहरुमा क्रमश: बिक्रम खड्का, राजाराम बस्नेत, सुसान्त कार्की तथा बिक्रम बस्नेत रहेका छन। नबगठित कार्यसमितिलाई जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कुमार उप्रेतीले बधाई तथा सुभकामना ब्यक्त गरेका थिए। त्यस्तै नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघले पनि नबगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको सुभकामना ब्यक्त गरेको छ। नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघले खेलकुद परिषदको प्रादेशिक संरचना अनुसार सबै प्रदेशहरुमा आफ्ना जिल्ला तथा प्रादेशिक संरचनाहरु गठन गरिरहेको छ।

प्रतिकृया दिनुहोस्