×

प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

सुर्खेत । प्रधानमन्त्री सुशीला कार्कीले प्रशिद्ध चन्दननाथ मन्दिरमा पूजा गरेकी छिन् । बिहीबारबाट कर्णाली भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान १५ मिनेट चनदननाथ मन्दिरमा पुजा गरेकी हुन् । चन्दननाथमा कार्कीको पूजाआजाले कर्णालीको धार्मिक पर्यटनमा महत्वपूर्ण सन्देश जाने चन्दननाथ गुठी समितिको विश्वास छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् जुम्ला पुगेकी प्रधानमन्त्री कार्की नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डामा बास बसेकी थिइन् । शुक्रबार बिहान चन्दननाथ पुग्दा जुम्लाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । शुक्रबार बिहान प्रधानमन्त्रीले पुजाआजा गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।

‘चनदननाथको पूजाआजासंगै प्रधानमन्त्रीको जुम्लाको कार्यतालिका सकिएको छ’ उनले भने, ‘चन्दननाथमा प्रधानमन्त्रीले नेपाली जनताको शान्तिको कामना गर्नुभएको छ ।’

बिहीबार बिहान काठमाडौबाट निस्किएकी प्रधानमन्त्रीले मुगुको रारा, जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको समेत अवलोकन गरेकी छन् । कुनै औपचारिक कार्यक्रमविना प्रधानमन्त्री कर्णालीको भ्रमणमा निस्किएकी थिइन् । निर्वाचनपूर्वको निरीक्षण भ्रमणमा कर्णाली पुग्न नसकेकोले निर्वाचनपछि कर्णालीमा पुगेर प्रधानमन्त्री कार्कीले मुगुमा जिल्लास्तरीय सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया गरिन् ।

छलफलमा प्रधानमन्त्री कार्कीले सीमित स्रोत साधन र कठिन भूगोलका बाबजुद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएकोमा सुरक्षा निकाय र कर्मचारीहरुको प्रशंसासमेत गरिन् । उनले भ्रमणका क्रममा भेटिएका स्थानीय नागरिकलाई समेत निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण रुपमा निर्वाचन गर्न साथ दिएको भन्दै सुरक्षा निकाय, कर्मचारी र मतदातालाई धन्यवाद दिन कर्णाली भ्रमणमा निस्केकी थिइन् । उनले रारातालको अवलोकन गर्नुका साथै जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको समेत अवलोकन गरिन् ।

मुगु र जुम्लाका सुरक्षा प्रमुखहरुसँग समेत छलफल गरिन् । निर्वाचनमा देखिएको सक्रियताको उच्च प्रसंसा गर्दै सुरक्षा निकाय, कर्मचारीहरु र मतदाताहरु प्रति धन्यवाद ज्ञापन गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.