काठमाडौँ – कित्ताकाट खुला भएपछि मंसिर महिनामा घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि देखिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको मंसिर महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।
विभागको तथ्यांक अनुसार मंसिरमा देशभर ५१ हजार ६३२ वटा नयाँ घरजग्गा किनबेच (लिखत पारित) भएका छन्। यसअघि साउन महिनामा ३ अर्ब २८ करोड ९१ लाख र कात्तिकमा २ अर्ब ७४ करोड रुपैयाँ राजस्व उठेको थियो। साउनपछि निरन्तर घट्दै गएको कारोबार मंसिरमा बढेको देखिएको छ। पछिल्लो पाँच महिनामा कुल १६ अर्ब ७८ करोड १७ लाख राजस्व सङ्कलन भएको विभागले जनाएको छ।
गत कार्तिक २४ गते सरकारले भू–उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन २०८२) लागू गरेसँगै कित्ताकाट खुला भएको थियो। स्थानीय तहले समयमै जग्गा वर्गीकरण नगरेका कारण साउनदेखि ५०० भन्दा बढी पालिकामा कित्ताकाट रोकिएको थियो। मंसिरमा मात्र ५५ हजार ८ वटा नयाँ कित्ताकाट भइसकेको विभागले जनाएको छ।
घरजग्गा व्यवसायीहरूले मंसिर महिनामा कारोबार बढ्नुको कारणमा मनोवैज्ञानिक त्रास हट्नु र परम्परागत ‘सिजन’ प्रभाव रहेको बताएका छन्। हिउँद सुरु भएसँगै खेतीपातीको काम सकिएपछि जग्गा हेर्न सजिलो हुने र अन्य क्षेत्रमा लगानीको वातावरण कम भएकाले सर्वसाधारण जमिनलाई सुरक्षित लगानीको रूपमा रोज्ने गरेको व्यवसायीहरूको भनाइ छ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु घिमिरेले भने, “कित्ताकाट खुला भएपछि बजार चलायमान भएको छ। अब घरजग्गा बजार बिस्तारै आफ्नो लयमा फर्कनेछ।”
उनले बैंकिङ नीतिमा सहजता ल्याउनुपर्नेमा जोड दिए। “यदि बैंकिङ क्षेत्रमा आम्दानीको स्रोत प्रमाणित गर्ने प्रक्रिया र कर्जा प्रवाहमा सहजीकरण गरिए, अहिलेको कारोबार दोब्बर–तेब्बरले बढ्न सक्छ,” घिमिरेले भने।
तथ्यांक अनुसार उपत्यकामा कलंकी मालपोत कार्यालयमा सबैभन्दा बढी कारोबार देखिएको छ। तर, तराईका जिल्लाहरूमा झापाको भद्रपुर, बाँकेको नेपालगन्ज र सुनसरीको इनरुवा मालपोत कार्यालयमा पनि कारोबार उच्च देखिन्छ।
विभागको तथ्यांक अनुसार प्रमुख मालपोत कार्यालयहरूबाट सङ्कलन भएको राजस्व यस प्रकार छ:
भूमि सुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर – ४५ करोड ६० लाख
मालपोत कार्यालय कलंकी – ३४ करोड ९० लाख
मालपोत कार्यालय चावहिल – ३२ करोड ६४ लाख
भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर – २९ करोड ४५ लाख
मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं – २४ करोड ९८ लाख
मालपोत कार्यालय कास्की – १७ करोड ४३ लाख
मालपोत कार्यालय चितवन – १७ करोड ३९ लाख
भूमि सुधार तथा मालपोत कार्यालय इनरुवा – १५ करोड ३० लाख
मालपोत कार्यालय धनगढी – १४ करोड १७ लाख
मालपोत कार्यालय बुटवल – १२ करोड १५ लाख
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.