×

“देउवा निवासमा भेटिएको पैसा… पार्टी बैठकमा उठ्यो ठूलो प्रश्न

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी, तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि घरमै आक्रमण भएको थियो। सैनिक सुरक्षामा राखिएका दम्पतीलाई सुरक्षित स्थान शिवपुरी लगाइएको थियो।

भदौ २४ मा बूढानीलकण्ठस्थित देउवा निवासमा प्रवेश गरेका केही प्रदर्शनकारीले घरमा आगो लगाउँदै तोडफोड गरेका थिए। यस क्रममा घरमा नगद वा अन्य सम्पत्ति भेटिएको हल्ला सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। यद्यपि यसको वास्तविकता अहिलेसम्म खुलाइएको छैन।

सोमबार साँझ कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल बैठकमा जिल्ला सभापतिहरूले यही विषय उठाएका थिए। बैठकमा उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र देशभरका ६५ जिल्लाका सभापतिहरू सहभागी थिए।

बैठकमा पाल्पाका सभापति हिमाल श्रेष्ठले देउवा निवासमा भेटिएको भनिएको पैसाको सत्यता स्पष्ट गर्नुपर्ने माग राखेका थिए। इलामका सभापति डम्बर खड्काले पनि सो विषयमा प्रश्न गरेका थिए।

महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा सामाजिक सञ्जालमा फैलिएको हल्लाको विषयमा जानकारी दिँदै, स्रोत नखुलेको सम्पत्तिबारे राज्यले अनुसन्धान गर्नुपर्ने बताए। साथै, व्यक्तिगत गल्तीको जिम्मेवारी व्यक्ति आफैंले लिनुपर्ने र पार्टीले दोष बोक्न नसक्ने स्पष्ट पारे।

बैठकका बहुसंख्यक जिल्ला सभापतिहरूले पार्टीलाई नयाँ पुस्ताको भावना अनुसार रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए। ललितपुरका सभापति जितेन्द्र श्रेष्ठले तोडफोडमा कांग्रेसकै जिल्ला तहका केही नेताहरू संलग्न रहेको आरोप लगाए। बैतडीका सभापति चतुरबहादुर चन्दले पार्टीलाई नयाँ पुस्ताको आवश्यकता अनुसार रूपान्तरण गर्नुपर्ने बताएका थिए।

महामन्त्री गगन थापाले आर्थिक अपराध र अनियमितताको अनुसन्धान राज्यले गर्नु पर्ने र पार्टी रूपान्तरण अनिवार्य रहेको धारणा राख्दै, सबैको साथ आवश्यक रहेको बताए। उनले सबैलाई धैर्य र उच्च मनोबलसहित पार्टीको पुनर्निर्माणमा लाग्न आग्रह गरे।

उपसभापति पूर्णबहादुर खड्काले पनि निराश नभइकन पार्टी काममा जुट्न र नयाँ कांग्रेस निर्माण अभियानमा सहयोग गर्न सभापतिहरूलाई आग्रह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.