गृहमन्त्रीको जिम्मेवारी सम्हालेदेखि रमेश लेखक विवादैपछाडि विवादमा तानिँदै आएका छन्। भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीदेखि लिएर सहकारी ठगी, प्रहरी सरुवा–बढुवा र विपत् व्यवस्थापनसम्मका काम कारबाहीमा लेखकको भूमिकामाथि गम्भीर प्रश्न उठेका छन्। पछिल्ला केही महिनायता उनको कामशैलीप्रति आलोचना चुलिँदै गएको छ। यस्ता छन् गृहमन्त्री लेखकका ९ प्रमुख विवाद, जसले उनको नियतमै प्रश्न खडा गरिदिएको छ।
लेखक गृहमन्त्री बनेपछि भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूलाई बदला स्वरूप हटाएको आरोप लागेको छ। विशेषगरी, बेचन झालाई पक्राउ गरेपछि शिर्ष तहसम्म पुग्न सक्ने अनुसन्धानलाई सीमित गर्न एआईजी श्याम ज्ञवाली, डिआइजी मनोज केसी लगायतको सरुवा गरिएको थियो।
पछिल्लो असोजमा आएको बाढी, पहिरो र डुबानका बेला सरकारको तयारी कमजोर रह्यो। उद्धार नभएर जनधनको क्षति हुँदा मन्त्री लेखकले ‘भिजिबिलिटी’ नपुगेको भन्दै हेलिकप्टर पठाउन नसकेको बयान दिएपछि चौतर्फी आलोचना भयो।
सहकारी ठगीका विषयमा लेखकमाथि सत्तापक्षलाई जोगाउने र विपक्षीलाई दुःख दिने रणनीति अपनाएको आरोप लागेको छ। रवि लामिछानेमाथि कडा अनुसन्धान गरिए पनि सत्तापक्षका नेताहरूलाई उन्मुक्ति दिइएको भन्दै तीव्र आलोचना भएको छ।
बाँसबारी र बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा गृहमन्त्री लेखकको पार्टीका नेताहरू जोडिएपछि अनुसन्धान कमजोर बनाइएको देखिन्छ। सम्बन्धित व्यक्तिहरूसँग बयान नै नलिई प्रमाण हटाएर मुद्दा दर्ता गरिएको छ।
राजावादी आन्दोलनका बेला काठमाण्डौमा भएको हिंसा, लुटपाट र ज्यानसम्बन्धी घटनाले सुरक्षा तयारीमा कमजोरी उजागर भयो। घटनामा दुई जनाको मृत्यु भएपछि लेखकको भूमिकामाथि प्रश्न उठ्यो।
नेहा रौनियार र सत्येन्द्र चमारको अन्तरजातीय प्रेमसम्बन्धमा गृहमन्त्रीकै निर्देशनमा प्रहरी टोली भारतसम्म पठाइने काम भयो। यसले मानव अधिकार उल्लंघनको आरोप निम्त्यायो र आयोगले छानबिन सुरु गर्यो।
प्रहरी र सशस्त्रमा बढुवाका क्रममा वरिष्ठता मिचिएको भन्दै तीव्र असन्तोष देखिएको छ। बढुवामा नातेदार, निकट व्यक्तिलाई प्राथमिकता दिइएको आरोप लेखकमाथि लागिरहेको छ। साथै, सिडिओ सरुवामा समेत मापदण्ड उल्लंघन गरिएको छ।
राष्ट्रिय विपत् प्राधिकरणमा विज्ञलाई बेवास्ता गर्दै आफ्ना नातेदारलाई जिम्मेवारी दिइएको छ। साथै, आफ्नो गृहजिल्लामा गिटी बालुवा ठेक्काको तयारीका लागि कानुनविपरीत संकटग्रस्त घोषणा गरिएको छ।
मिटरब्याजपीडितको मुद्दामा पहिलेको आयोगलाई प्रतिवेदन बुझाउनै नदिई नयाँ आयोग गठन गरिएको छ। यसले अनुसन्धान प्रक्रियामा अनावश्यक राजनीतिक हस्तक्षेप गरेको देखिन्छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.