सामाजिक सञ्जालमा एक मार्मिक दृश्यले धेरैको मन रुवाइरहेको छ । त्यो दृश्य हो— आगोमा डढेकी एक गर्भवती भैंसीको । शरीरभरि जलेर छाला खरानी भएको, आँखा फुटेका र मुखबाट फिँज निस्किरहेको त्यो भैंसी अहिले पीडामा छटपटाइरहेकी थिई । न उनी कराउन सक्थिन्, न खान सक्थिन्, न त थकाइ मार्न नै सक्थिन् । यो भिडियो सेयर गर्दै सनम विकले लेखेका छन्, “उनी पनि आमा हुन्, उनका आँशु र श्रापले कसैलाई नछोड्ला ।”
यो हृदयविदारक घटना बाग्लुङको तारखोला गाउँपालिका अन्तर्गतको भुस्कात गाउँमा घटेको हो । वैशाख १७ गते राति करिब साढे ११ बजेतिर सो गाउँस्थित विक परिवारको गोठमा अचानक आगलागी भयो । गोठभित्र सुतिरहेका काली भैंसी र डेढ वर्षे राँगो आगोले डढे । राँगो त त्यही क्षण जलेर मृत भयो । तर, भैंसी भने अझै केही समय जीवनसँग जुधिरहिन् ।
भैंसीको शरीरमा आगोले नराम्रो असर पुर्याएको थियो । उसले खेपेको पीडा देखेर स्थानीयले पशु चिकित्सकलाई बोलाएर अन्ततः ‘युथोनाईज’ गर्ने निर्णय गरे । यस प्रक्रियामार्फत, पीडामा रहेकालाई सजिलो तरिकाले मृत्युतर्फ लैजान सकिन्छ । माया विकको स्वामित्वमा रहेको उक्त भैंसीले दैनिक पाँच–छ माना दूध दिँथ्यो । उनकै छोरा सनम विकका अनुसार, आगलागी कसरी भयो भन्ने अझै थाहा हुन सकेको छैन ।
“न बिजुली थियो, न भित्र आगो बालिएको थियो, कसैले नियतबस आगो लगाएको जस्तो लाग्छ,” सनम भन्छन्, “तर कसले गर्यो भन्ने थाहा पाउन सकिएको छैन ।” अहिले उनीहरूको परिवारले न केवल गाईवस्तुको ज्यान गुमायो, बरु आयआर्जनको एउटा प्रमुख आधार पनि हरायो । “भैंसीलाई ब्याउन झन्डै एक महिना मात्रै बाँकी थियो,” उनले दुखेसो पोखे ।
तीन दिनसम्म अत्यन्त पीडामा रहेकी भैंसीलाई हेर्दा नसह्य हुने अवस्था भएको उनले बताए । बाँच्ने सम्भावना नभएपछि मात्रै युथोनाईज गर्ने निर्णय गरिएको थियो ।
कसले किन आगो लगायो भन्नेबारे केही सुराक नपाएको सनम बताउँछन् । उनको परिवारको कुनैसँग मनमुटाव पनि नरहेको उनले स्पष्ट पारे । उनका अनुसार, आमाले पोखरा नजाने निर्णय गरेर गाउँमै कृषि र पशुपालनमा जीवन चलाइरहेकी थिइन् । “भैंसी हालै किनिएको थियो, ऋण तिर्न बाँकी छ,” सनमले बताए ।
तारखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाका अनुसार, पीडित परिवार आर्थिक रूपमा कमजोर अवस्थामा छ । “कसैले इरादाबस आगो लगाएको आशंका गरेका छन्,” उनले भने, “यदि कसैलाई शंका लागेका छन् भने जानकारी दिन आग्रह गरेका छौं, हामी सहयोग गर्न तत्पर छौं ।”
गाईवस्तु जलेका यस्ता घटना बेलाबेलामा विभिन्न ठाउँमा देखिन्छन् । अधिकांश अवस्थामा गोठमा खाना पकाउनका लागि बालिने आगो नै यस्ता घटनाको कारण बन्ने गरेको पाइन्छ । तर, जलेका पशुको उपचारका लागि आवश्यक सुविधा भने अझै उपलब्ध छैन, जसले समस्या अझ गम्भीर बनाएको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.