×

वीरगञ्जमा तनाव कायमै, कर्फ्यु आदेश राति १२ बजेसम्म थप

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

३१ चैत, काठमाडौं वीरगञ्ज उपमहानगरपालिकाका विभिन्न भागमा जारी गरिएको कर्फ्यु आदेशको अवधि आइतबार राति १२ बजेसम्मका लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय, पर्साले आइतबार सूचना प्रकाशन गर्दै कर्फ्युको समय लम्बाइएको जानकारी दिएको हो। स्थानीय प्रशासनका अनुसार स्थिति अझै पूर्ण रूपमा शान्त नभएकाले सुरक्षाको दृष्टिकोणले कर्फ्यु थप्नुपरेको हो।

शनिबार हनुमान जयन्तीको अवसरमा आयोजना गरिएको शोभायात्राको क्रममा दुई समूहबीच विवाद उत्पन्न भएपछि अवस्था तनावपूर्ण बनेको थियो। शोभायात्राका सहभागीहरूमाथि ढुंगा प्रहार भएको आरोपपछि झडप चर्किएको हो। सो क्रममा प्रहरी र सर्वसाधारणसमेत घाइते भएका छन्।

प्रहरीतर्फबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रसहित १७ जना घाइते भएको पुष्टि गरिएको छ। तीमध्ये आठ जना सशस्त्र प्रहरी बलका जवान छन् भने बाँकी १२ जना सर्वसाधारण घाइते भएका हुन्। झडप पछिको अवस्थालाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप प्रशासनले शनिबार साँझ साढे ७ बजेदेखि आइतबार मध्यान्हसम्म कर्फ्यु आदेश लागू गरेको थियो।

पछिल्लो निर्णयअनुसार अवस्था अझै सामान्य नभएकाले कर्फ्यु आदेशलाई आइतबार राति १२ बजेसम्मको लागि विस्तार गरिएको हो। प्रशासनद्वारा जारी सूचनामा कर्फ्यु लागू रहने अवधिभर कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन, बैठक वा सार्वजनिक जमघट गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

कर्फ्युको क्षेत्र निर्धारण गर्दा पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटलाई सीमा मानेर आदेश लागू गरिएको छ। प्रशासनले स्थानीय बासिन्दालाई संयमित रहन र अधिकारिक सूचनालाई मात्र विश्वास गर्न आग्रहसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.