×

पत्रकार भण्डारीले ल्याए तेस्रो पुस्तक ‘दिए पुग्छ’

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

पत्रकार तथा लेखक रोहित भण्डारीको तेस्रो पुस्तक ‘दिए पुग्छ’ लोकार्पण गरिएको छ।
प्रज्ञा भवन कमलादीमा शुक्रबार प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, लेखक रोहित भण्डारी लगायतले पुस्तक लोकार्पण गरेका हुन् ।

कार्यक्रमका उपसभामुख राना मगरले प्रेरणादायी पुस्तक लेखकका रूपमा पहिचान बनाएका भण्डारीको ‘दिए पुग्छ’ पुस्तकले परोपकारी समाज निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताइन् । उनले भनिन्,‘नेपाललाई चिनाउने भनेकै कथाले हो । यस्ता सकारात्मक र वास्तविक जीवनका कथाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्छ ।’

उनले विदेशीले नेपाल आउँदा यहाँको प्रकृतिसँगै मानिसहरू पनि राम्रो र मन सफा रहेको बताउने गरेको उल्लेख गरिन् ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले यस्ता खालका पुस्तकले नेपालमा परिवर्तन ल्याउन सहयोग पुग्ने बताए । आजकल झुटा समाचार, गालीगलौज र नकारात्मक सामग्रीहरू प्रकाशन गर्ने प्रवृत्ति बढिरहेको बेला पत्रकारिताको मूल धर्म यो नरहेको बताए । उनले समाजमा सकारात्मक परिवर्तन ल्याउने, सङ्घर्षका प्रेरणादायी कथाहरू प्रकाशन गर्न पत्रकारहरूलाई आग्रह गरे । यस्ता पुस्तकहरूले नेपालमा आमूल परिवर्तन ल्याउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार बलराम दाहालले पत्रकार रोहित भण्डारीको लेखन शैलीबाट आफू प्रभावित भएको बताए । वास्तविक पात्रहरूका प्रेरणादायी कथालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको पुस्तक ‘दिए पुग्छ’ पढ्दै जाँदा आफू धेरै पटक भक्कानिएको उनले बताए । यो पुस्तक १३ वटा शीर्षकमा वास्तविक जीवनको सङ्घर्षको कथा रहेको उनले बताए ।

यस्तै पुस्तकका लेखक रोहित भण्डारी पुस्तक लोकार्पण कार्यक्रममा आमाको आर्शीवाद नपाउँदा भावुक भए । उनले भने,‘मैले यो पुस्तकका पात्रहरूको कथा आमालाई सबै सुनाएको थिए तर जब मैले यो पुस्तक लेखेर सके आमा मेरो साथमा हुनुहुन्न, तपाईंहरुले पुस्तक पढ्दै गर्दा मेरी आमालाई पनि अन्तरआत्माले सम्झिदिनुहोला ।’

भण्डारीले यो पुस्तक लेख्न सात वर्ष लागेको र त्यस अवधिमा उनको जीवनमा अनेकौँ चुनौतीहरू आइपरेको बताए । पुस्तक लेख्दै गर्दा उनको आमाको क्यान्सर भएका कारण मृत्यु भएको उनले बताए । विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भण्डारीले आफ्नो प्रेरणाको स्रोत बुवा रहेको बताए । उनले यसअघि ‘सम्भव छ’ ९२०७१० र ‘नेपालमै सकिन्छ’ ९२०७३० गरी दुई पुस्तकहरू प्रकाशित गरिसकेका छन् । यसअघिका आफ्ना दुई पुस्तकले झैँ यो पुस्तकले पनि पाठकको माया पाउने विश्वास व्यक्त गर्दै उनले परोपकारी भावनाको हेतुले कथात्मक शैलीमा वास्तविक पात्रहरूलाई पुस्तकमा समावेश गरेको उल्लेख गरे ।

पुस्तक जयकाली प्रकाशनले प्रकाशित गरेको हो । कार्यक्रममा विभिन्न समाजसेवी, पत्रकार, राजनीतिज्ञ तथा लेखक एवम् साहित्कारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अजय अधिकारी सुशीलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.