काठमाडौँ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि काठमाडौँ महानगरपालिकाले थालेका कार्यक्रममध्ये प्रारम्भिक बाल विकास कार्यक्रम महत्वपूर्ण रहेको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । मंसिर २१ र २२ गते विराटनगरमा आयोजना हुने ‘इन्टरनेशनल कन्फरेन्स अन : इनभिजनिङ् अर्लि चाइल्डहुड डिभलपमेन्ट इकोसिस्टम’ कार्यक्रममा सहभागी हुने क्रममा शिक्षाविद्हरु आज काठमाडौँ महानगरपालिकासँग ज्ञान, सिप र अनुभव आदानप्रदान गर्न काठमाडौँ आउनुभएको थियो । त्यस क्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रियात्मक संवाद गरिएको थियो । संवादका क्रममा उपप्रमुख डंगोलले, महानगरपालिकाले शिक्षा नीति, शैक्षिक कार्यक्रम, पूर्वाधार विकास, मानव पुँजी विकास, शिक्षक–विद्यार्थी, विद्यालय र अभिभावकको सम्बन्धमा जोड दिएको बताउनुभएको हो ।
शैक्षिक सामग्री बनाउँदा स्थानीय स्रोत र उपलब्ध बस्तुको प्रयोग, एकीकृत र सिर्जनात्मक सिकाइ, शिक्षामा सिप कार्यक्रमबाट प्राप्त भएको नतिजा सकारात्मक भएको उल्लेख गर्दै उहाँले, आफ्नो संस्कृति, आफ्नै परिवेश अनुरुपको सिकाइबाट अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादनमा जोड दिएको बताउनुभयो ।
छलफलका लागि सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँका अनुसार प्रारम्भिक बाल विकास कक्षा शिक्षकलाई सरकारले दिएको तलवमा महानगरपालिकाले मासिक थप १० हजार रुपैयाँ थप दिएको छ । कार्यक्रमका आधारमा बजेट थपेको छ । बाल विकासका एउटा कक्षामा २५ जनाभन्दा धेरै विद्यार्थी नराख्ने मापदण्डका आधारमा कक्षा सञ्चालन गरेको छ । शिक्षकहरुलाई क्रेडिट अङ्कका आधारमा तालिम उपलब्ध गराएको छ । यस्तै शिक्षकले प्राप्त गरेको क्रेडिटलाई डिप्लोमा, स्नातक, स्नातकोत्तर र पिएचडीका अध्ययनमा जोडेको छ ।
फरक उमेर समूहका विद्यार्थीहरुलाई एउटै कक्षामा राख्दा हुने असन्तुलन मिलाउन ४ बर्षसम्मका बालबालिकालाई चाइल्ड केयर डिभलपमेन्ट (सिसिडी) र ४ देखि ६ वर्षसम्मका बालबालिकालाई अर्लि चाइल्ड डिभलपमेन्ट (इसिडी) समूहमा राखेको छ । यी कक्षाहरुमा दिनको ३ पटकसम्म खाना र खाजा उपलब्ध गराइएको छ ।
महानगरपालिकाले शिक्षा नीतिमा समेटेर कार्यान्वयनमा ल्याउन खोजेका प्रयासहरु अन्तरराष्ट्रिय स्तरमा पनि प्रयोगमा ल्याउन लागिएको जानकारी प्राप्त भयो । शिक्षा अधिकारी गोविन्दप्रसा शर्माले भन्नुभयो, ‘यो भनेको, हामीले लिएको लक्ष्य समय सान्दर्भिक छ, भन्ने हो ।’
विद्यार्थीहरुलाई प्राकृतिक वातावरणमा अध्यापन गराउनु पर्छ । छलफलमा संयुक्त राज्य अमेरिकाको वल्र्ड फोरम फर अर्लि केयर एण्ड एजुकेसन निर्देशक किस्र्टन हगेनले भन्नुभयो, ‘प्राकृतिक वातावरण भएको ठाउँमा बन्द कोठा निर्माण गरेर अध्यापन गराउने अभ्यासमा परिमार्जन गर्नुपर्छ । सिकाइ भनेको स्थानीय परिवेशमा बालबालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकास अनुकुल हुनुपर्छ ।’ छलफलका क्रममा पाकिस्तानका ह्युमन डिभलपमेन्ट फाउन्डेसनका निर्देशक ताइब जानले भन्नुभयो, ‘उपचार समाधान होइन । निरोगी हुनु दिगो समाधान हो । प्रारम्भिक बाल विकास कक्षा उपचार होइन, निरोगी हुने उपाय हो ।’
भारतको मोवाइल ट्रेसका कार्यकारी निर्देशक चिराश्री घोषले, अभिभावकको रोजगारीका कारण बालबालिकाको रेखदेख र हेरचाहमा कमजोरी हुन दिन नहुने कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्तै भारतकै नेशनल फोर्सेस फर चाइल्ड केयरका संयोजक डा. अपराजिताले, काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको बुक फ्रि फ्राइडे कार्यक्रम सिकाइमा उपयोगी अभ्यास रहेको बताउँदै भन्नुभयो, ‘भारतमा अभ्यास गरिएको वुक फ्रि फ्राइडे क्रमशः स्पोर्टस डे बनेको थियो । यो स्पोट्सका लागि मात्र होइन । मर्मअनुसार सञ्चालन गर्न यसमा नियमित निगरानी चाहिन्छ ।’
प्रारम्भिक बाल विकास विज्ञ डा. मीनाक्षी दाहालले भन्नुभयो, ‘महानगरपालिकाले सञ्चालन गरेको बुक फ्रि फ्राइडे कार्यक्रमलाई अन्तरराष्ट्रिय विज्ञहरुले अनुकरणीय र सिकाइ योग्य भएको प्रतिक्रिया दिनुभयो । यो सुखद हो । उहाँहरुको भनाइबाट प्रधानाध्यापक र शिक्षकहरुले कार्यक्रमलाई हेर्ने दृष्टिकोणमा फराकिलोपना आएको मैले महसुस गरेको छु ।’ उहाँले महानगरपालिकाले शैक्षिक सुधारका लागि गरेको नवप्रवर्तनमा आधारित प्रयासको अन्तरराष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश भएको उल्लेख गर्नुभयो ।
महानगरपालिकाले शैक्षिक सुधारका लागि ‘शैक्षिक पूर्वाधार’, ‘शैक्षिक सामग्री’, ‘मानव पुँजी विकास’ र ‘सुशासन, व्यवस्थापन तथा दिगोपना’ लाई प्राथमिकतामा राखेर लगानी गरिरहेको छ । ४ बर्षभन्दा कम उमेर भएका बालबालिकालाई सिसिडी (चाइल्ड केयर डिभलपमेन्ट) र ४ बर्षभन्दा माथि कक्षा ३ सम्मका बालबालिकालाई इसिडी (अर्लि चाइल्ड डिभलपमेन्ट) कार्यक्रम कार्यान्वयन गर्ने नीति अनुरुप काम भइरहेको छ । कक्षा ३ सम्म एकीकृत सिर्जनात्मक सिकाइ र कक्षा ४ देखि १० सम्म शिक्षामा सिप कार्यक्रम सञ्चालन गरिरहेको छ । बाल विकास शिक्षामा महानगरपालिकाको लगानी प्राथमिकतामा छ, यो लगानी शिक्षाको जग विकासका लागि हो – उपप्रमुख डंगोल
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.