आज जेठ ३० गते बुधबार, हेर्नुस् यस्तो छ तपाइको राशिफल, पशुपतिनाथले सबैको रक्षा गरुन्

आजको राशिफल – Today’s Horoscope

ads

२०८१ जेठ ३० गते, बुधवार, १२ जुन २०२४।

सुर्योदय सूर्यास्त: ०५:०८ AM ০৩:০০ PM
राहुकाल :१२:०४ PM-०९:४८ PM
यमघंटक: ०६:५२ AM-०८:३६ AM
गुलिक काल:१०:२० AM-१२:०४ PM
अभिजित मुहूर्त: ११:३७ AM – १२:३२ PM

तिथि: शुक्ल षष्ठी ०७:२७ PM सम्म तत्पश्चात शुक्ल सप्तमी
करण: कौलव ०६:३३ AM सम्म तत्पश्चात तैतिल 07:27 PM सम्म तत्पश्चात गर 08:21 AM
नक्षत्र:मघा ०२:१७ AM सम्म तत्पश्चात पूर्वाफाल्गुनी
योग:हर्षण ०५:२६ PM सम्म तत्पश्चात वज्र
चन्द्र राशी:सिंह ११:१७ AM २०८१-२-३२

ads

मेष – ARIES(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तान र अनुयायीको साथले उत्साह जगाउनेछ। मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ।

वृष – TAURUS(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। अरूकाे भरपर्दा काम बिग्रने डरले सताउन सक्छ। पहिलेको सम्झौता पुनर्विचार गर्नुपर्ने हुन सक्छ।

मिथुन – GEMINI(का, कि, कु, घ, ङ, छ, के, को, ह)

उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। नयाँ काममा जग बसाउने मौका छ।

कर्कट – CANCER(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। पहिलेको सफलताले पनि थप काम गर्ने माहोल बन्नेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू समेत बढ्नेछन्।

कन्या – VIRGO(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

खर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा काममा केही विलम्ब हुन सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ। तापनि नयाँ कामको प्रस्ताव आउनेछ भने रचनात्मक काम गर्ने समय छ। बीचमा प्रतिस्पर्धीहरूले हात झिक्ने हुुँदा काम बन्नेछ। दोहोर्याएर प्रयास गर्नुपर्ने देखिन्छ।

तुला – LIBRA(र, रि, रु, रे, रो, ता, ति, तु, ते)

श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ।

वृश्चिक – SCORPIO(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

उपलब्धि प्राप्त गर्न मुस्किलै पर्नेछ। धेरै समय अरूका लागि बुद्धि खर्चनुपर्नेछ। चिताएको काम आंशिक रूपमा सम्पादन हुनेछ। आफ्नो उपलब्धिको वस्तुमा अरूले दाबी गर्लान्। विवादास्पद काम गर्नुपरे पनि आजको मिहिनेतले भविष्यमा लाभ दिलाउनेछ। चुनाैती सहेर पनि पछिका लागि काममा जुट्नुहाेला।

धनु – SAGITTARIUS(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

केही समस्या परे पनि लक्ष्यमा पुग्न कामलाई निरन्तरता दिनुहाेला। नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। अवसरले पछ्याउनेछन्। परोपकारी तथा सेवामूलक काम गर्ने समय छ। कामको जिम्मेवारी बढ्नेछ भने बुद्धिको उपयोगले मनग्य धन आर्जन हुनेछ।

मकर – CAPRICORN( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

साथमा सहयोगीहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम खर्च हुनेछ। आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कुम्भ – AQUARIUS(गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ माहोलमा पुगिए पनि मित्रताको बन्धन कसिलो हुनेछ। कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ।

मीन – PISCES(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। प्रतिस्पर्धाको दौडमा केही कमजाेर सावित भइने समय छ।

हर्षण योग
देवताः भग (Bhaga)
ग्रह देवः सुर्य
हर्ष को अर्थ हुन्छ खुशी, प्रसन्नता, अतः यो योग मा गरिएको कार्य बाट खुसि मिल्नेछ। यो योग मा पितृगण संग संबंधित कर्म या कार्य गर्नु चाहिँ सुभ मानिन्दैन। रमाइलो, पार्टी, रमाइलो भेटघाट, प्रेम मिलाप, मनोरंजन आदि को लागि यो योग उत्तम सिद्ध हुनेछ।

Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *