आज जेठ २९ गते मंगलबार, हेर्नुस् यस्तो छ तपाइको राशिफल, शिब भगवानले सबैको रक्षा गरुन्

आजको राशिफल – Today’s Horoscope

ads

२०८१ जेठ २९ गते | मंगलवार ११ जुन २०२४।

सुर्योदय:सूर्यास्त:०५:०८ AM ০৩:০০ PM

राहुकाल:०३:३२ PM-०५:१६ PM

ads

यमघंटक: ०८:३६ AM-१०:२० AM

गुलिक काल: १२:०४ PM-०१:४८ PM

अभिजित मुहूर्त: ११:३७ AM – १२:३२ PM

बार -मंगलबार

तिथि:शुक्ल पञ्चमी ०५:३७ PM सम्म तत्पश्चात शुक्ल षष्ठी

करण: बालव ०५:३७ PM सम्म तत्पश्चात कौलव 06:14 AM सम्म तत्पश्चात तैतिल 06:50 PM

नक्षत्र: अश्लेशा ११:४४ PM सम्म तत्पश्चात मघा

योग: व्याघात ०४:५७ PM सम्म तत्पश्चात हर्षण

चन्द्र राशी: कर्कट ११:४४ PM २०८१-२-२९

शुक्ल पक्षको पञ्चमी

यो पूर्णा तिथिमा पर्दछ। यो तिथिमा यी कार्यहरु गर्न शुभ मानिन्छन;

✓ मंगनी, विवाह, भोज आदि कार्यहरु गर्न सकिन्छ।

✓ पूर्णातिथिमा गरीएका सम्पुर्ण संकल्पहरु एवं कार्यहरुले पूर्णता पाउदछ भन्ने बिश्वास रहेको छ।

मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउनेछ। रोकिएका काम दोहोर्याउनुपर्ने समय छ। पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ।

वृष – TAURUS(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

मिथुन – GEMINI(का, कि, कु, घ, ङ, छ, के, को, ह)

सभासमारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। कामको जिम्मेवारी बढ्नेछ भने बुद्धिको उपयोगले मनग्य धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।

कर्कट – CANCER(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। व्यवसायमा मनग्य धनलाभ हुनेछ। नयाँ कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

सिंह – LEO(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

छर-छिमेकमा असमझदारी बढ्ने सम्भावना छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च बढ्नेछ। रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला।

कन्या – VIRGO(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आफ्ना सामानमा अरूले दाबी गर्लान्। अवसरवादीहरूबाट सजग रहनुहोला। तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पछिका लागि गरिएको लगानीले पनि फाइदै दिनेछ। तर आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

तुला – LIBRA(र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर लाभ उठाउने बेला छ।

वृश्चिक – SCORPIO(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

धनु – SAGITTARIUS(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ। लेनदेनले वादविवाद निम्त्याउन सक्छ।

मकर – CAPRICORN(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अतिथिको रूपमा सत्कार पाइनेछ। सानाेतिनाे विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल योजना पूरा नहुन सक्छ। कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन निकै मिहिनेत गर्नुपर्ला।

कुम्भ – AQUARIUS(गु, गे, गो, सा, सि, सु, से, सो, द)

रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ।

मीन – PISCES(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *