सन्दीप लामछिानेले वेस्ट इण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका खेलहरु खेल्ने

काठमाण्डौ । क्रिकेटर सन्दीप लामछिानेले वेस्ट इण्डिजमा हुने आईसीसी टी –२० विश्वकपका खेलहरु खेल्ने भएका छन् ।नेपाल क्रिकेट सङ्घ क्यानले आज सोमबार विज्ञप्ति निकालेर विश्वकप अन्तर्गत वेस्ट इण्डिजमा हुने दक्षिण अफ्रिका र बङ्ग्लादेशसँको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट लामिछानेले खेल्ने भएका जानकारी गराएको हो ।

ads

वेस्ट इन्डिजमा नेपालले बङग्लादेश र दक्षिण अफ्रिकासँग दुई खेल खेल्ने तालिका रहेको छ । अब दुवै खेलमा खेलमा सन्दीपले सहभागिता जनाउने भएका छन् ।

अमेरिकाले भिसा नदिए पनि आइसीसीसँग समन्वय गरेर वेस्ट इण्डिजमा हुने खेलमा सन्दीपलाई समावेश गरिएको क्यानले जनाएको छ ।

Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *