रेडक्रस दिबसको दिन रेडक्रस संकरदेवले आयोजना गर्यो बृहत रक्तदान कार्यक्रम

काठमाडौं।बैशाख २७, २०८१
अन्तरास्ट्रिय रेडक्रस दिबस को दिन पारेर युथ रेड क्रस संकरदेव क्याम्पसले बृहत रक्तदानको आयोजना गरेको छ। १६१ औ अन्तरास्ट्रिय दिबस तथा रेड क्रस सोसाइटिका सस्थापक हेनरी डुनाण्ड को १९६ औ जन्मजयन्तीको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक नलिन राज तिमिल्सिनाले जानकारी दिएका छन। I GIVE WITH JOY AND THE JOY I GIVE IS REWARD को मूल नारा सहित मनाइएको उक्त कार्यक्रममा थुप्रै मानिसहरु को सहभागिता रहेको थियो। प्रत्यक वर्ष जस्तै यस वर्ष पनि स्थापना दिबसलाइ महत्व दिदै कार्यक्रमको निरन्तरता दिएको बताइएको छ।

रेड क्रस संकरदेव क्याम्पसले समय समयमा रक्तदानका कार्यक्रमहरु गर्दै कोहि पनि रगतको अभाबले अकालमा ज्यान नजाओस भन्दै यस खालका कार्यक्रम गरिरहेको छ।
कार्यक्रममा प्रमुख अतिथि गुरु श्याम बहादुर महतले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्दै यस खाले कार्यक्रमले बिध्याथिलाई देस प्रतिको भक्तिभावलाइ अझै उजागर गर्ने भन्दै कार्यक्रमको प्रसंसा गर्नुभएको थियो। कार्यक्रममा अतिथि मनोज बस्नेत , युथ रेड क्रस संकरदेव क्याम्पसका अध्यक्ष समिर बस्नेत, सहसचिब सुदर्सन बस्नेत, सह कोसाध्यक्ष्य दिपेश आचार्य लगाएत सदस्यहरु सुगम खत्री, सुष्मिता ठकुरी, स्नेहा डंगोलको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको थियो।

ads
Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *